ठेकदारका कारण सडक निर्माणमा विलम्ब, एआई प्रयोग गरी बेइज्जत गरिएको भन्दै कारबाहीका लागि पालिका अध्यक्षले पठाए पत्र
ratopati.com · Tue Aug 11 07:47:10 GMT 2026

सुर्खेत । दैलेखको महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले सडक निर्माण ढिलासुस्तीमा एआई प्रयोग गरी गाउँपालिकाको बदनाम गरिएको भन्दै ठेकदार कम्पनीमाथि कारबाहीको मागसहित पूर्वाधार कार्यालयलाई पत्र पठाएका छन् ।
महाबु गाउँपालिका अन्तर्गत निर्माणाधीन ताराघाट–खरिगैरा–गैंडाबाज–एकपाटे–टाकुरी–काशीकाँध सडक निर्माणमा विलम्ब भएको हो । उक्त सडक निर्माण गर्ने जिम्मा पन्त आकृति जेभीले लिएको छ । उक्त कम्पनीले सम्झौता बमोजिम निर्धारित समयसीमाभित्र कार्य सम्पन्न नगरी अत्यन्त ढिलासुस्ती गरेको शाहीले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)