'म मदनकृष्ण'मा हरिवंशको श्रीमतीको भूमिकामा वर्षा राउत
nepalsamaya.com · Tue Aug 11 08:01:00 GMT 2026

काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा वर्षा राउतको प्रवेश भएको छ। निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिटको भूमिकामा अनुबन्ध गराएको हो।
उनले ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमती रमिला पाठकको भुमिका निभाउने छिन्। हरिवंशको भूमिकामा भने यो चलचित्रमा अरुण क्षेत्री अनुबन्ध भइसकेका छन्। अब ‘म मदनकृष्ण’मा वर्षाले अरुणको अपोजिटमा काम गर्नेछिन्। अरुण र वर्षाले पहिलोपटक सँगै काम गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)