दुई वर्षमै ५० हजार नाघे 'फोनेपे क्रेडिट कार्ड'का प्रयोगकर्ता
techpana.com · Tue Aug 11 07:58:56 GMT 2026

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपेले सञ्चालनमा ल्याएको ‘फोनपे क्रेडिट कार्ड’ का प्रयोगकर्ता दुई वर्षभन्दा केही बढी अवधिमै ५० हजार पुगेका छन् । कम्पनीले यो सङ्ख्या नेपालको डिजिटल क्रेडिट बजारमा उपभोक्ताको बढ्दो पहुँच र चासोको सङ्केत भएको जनाएको छ ।
‘फोनपे क्रेडिट कार्ड’ नेपालमा मोबाइल बैंकिङ एपमै एकीकृत गरिएको भर्चुअल क्रेडिट कार्ड हो । हाल ९ साझेदार वित्तीय संस्थाका मोबाइल बैंकिङ एपमार्फत फोनपे क्रेडिट कार्डका लागि आवेदन दिन, कार्ड प्राप्त गर्न तथा सक्रिय गर्न सकिने कम्पनीले जनाएको छ । फोनपेका साझेदार वित्तीय संस्थामा सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्स रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)