पारा पौडी खेलाडीहरूको संघर्षः दुःख र पीडा जित्ने यो सपना [फोटोफिचर]
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ । पौडी खेल्न पानी चाहिन्छ। तर, पारा पौडी खेलाडीका लागि पानीमा उत्रिनु मात्रै पर्याप्त हुँदैन। नियमित प्रशिक्षण, अपाङ्गमैत्री पूर्वाधार, दक्ष प्रशिक्षक, फिजियोथेरापी, पोषण, यातायात र आर्थिक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ।
नेपालका पारा पौडी खेलाडी भने यिनै आधारभूत सुविधाको अभावबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झण्डा फहराउने सपना बोकेर अभ्यास गरिरहेका छन्। सीमित स्रोत, कठिन परिस्थिति र पर्याप्त पूर्वाधारको अभावलाई चुनौती दिँदै उनीहरू आगामी पारा एसियाली खेलकुदमा नयाँ इतिहास बनाउने तयारीमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)