देशलाई भाषणभन्दा सुरक्षा, न्याय र ठोस कार्य चाहिएको छ : हर्कराज राई
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा नागरिक मात्र नभई जनप्रतिनिधि समेत सुरक्षित नरहेको टिप्पणी गरेका हुन्।
प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाउँदै सांसद राईले विगत साढे दुई महिनादेखि संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि उनी पन्छिरहेको आरोप लगाए। देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक नाममा भइरहेका झगडा, आगजनी र धम्कीका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले यस्ता घटनाका दोषीलाई उजुरी गर्दा समेत कारबाही नहुनुले सरकारको कमजोरी उदाङ्गो भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)