दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु
nepalnews.com · Tue Aug 11 08:24:08 GMT 2026

जोहानेसबर्ग। दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।
प्रहरीले मंगलबार दुर्घटनाबारे जानकारी दिँदै उद्धार तथा घटनास्थलको अनुसन्धान अघि बढिरहेको जनाएको छ। जोहानेसबर्गबाट करिब १०० किलोमिटर उत्तरपश्चिममा रहेको रुस्टनबर्ग सहरनजिकै दुर्घटना भएको हो। घटनास्थलमा अधिकारीहरू पुग्ने क्रम जारी रहेकाले मृतक तथा घाइतेको थप विवरण तत्काल उपलब्ध हुन नसकेको प्रान्तीय प्रहरी प्रवक्ता कर्नल एडेले माइबर्गले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)