सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन
kalakarmi.com · Tue Aug 11 07:18:14 GMT 2026
सप्तरी- सप्तरी जिल्लाका प्रतिभाशाली क्रिकेट खेलाडी तथा कुशल अलराउन्डर उपेन्द्र रायको असामयिक निधन भएको छ । उनको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
क्यानले जारी गरेको शोक वक्तव्यमा रायको निधनको खबरले नेपाल क्रिकेट परिवार अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ । क्यानले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)