जेनजी आन्दोलनमा जलेका श्रेस्ता वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित : अर्थमन्त्री वाग्ले
annapurnapost.com · Tue Aug 11 08:29:01 GMT 2026

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका श्रेस्ता सम्बन्धमा वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित हुने बताएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा मन्त्री वाग्लेले जेनजी आन्दोलनका क्रमा जलेका श्रेस्ता वैकल्पिक स्रोतहरूबाट उत्खनन, रुजु र प्रमाणीकरण गर्नु नै वैज्ञानिक बाटो हुने बताएका हुन् । धेरै क्षति भएका कार्यालयहरूमा स्थलगत अनुगमन गरी विशेष निगरानीमा राख्नुपर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)