सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ
khabarhub.com · Tue Aug 11 08:40:47 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको पीडा महसुस गर्न नसकेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले जनताले देशमा सुरक्षा, न्याय र आवश्यक सेवा–सुविधा पाउन नसकेको बताए। ग्यासका लागि समेत घण्टौँ घाममा उभिनुपर्ने अवस्था रहँदा सरकारले जनताको पीडा महसुस गर्न नसकेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)