एक दशकभित्र देशभर फाइभजी सेवा विस्तार गरिने
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण गर्दै आगामी एक दशकभित्र देशभर फाइभजी सेवा विस्तार गर्ने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना (नेपाल्स रोड टु फाइभजी)’ को मस्यौदा सार्वजनिक गरेको छ। शहरी क्षेत्रमा यसै वर्षदेखि सेवा सुरु गरी सन् २०३५ सम्म देशैभर फाइभजी पहुँच पुर्याउने दीर्घकालीन लक्ष्य राखिएको यस मस्यौदामाथि सम्बन्धित पक्षबाट १५ दिनभित्र सुझाव माग गरिएको छ।
प्रस्तावित मार्गचित्रअनुसार सन् २०२७ सम्म देशभर मोबाइल ब्रोडब्यान्डको औसत गति कम्तीमा २० एमबीपीएस पुर्याउने, सन् २०३० सम्म नगर क्षेत्रमा १०० एमबीपीएसको गति उपलब्ध गराउने र सन् २०३५ सम्म फाइभजी सेवा देशव्यापी बनाउने योजना छ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ लाई दूरसञ्चार सेवामा उल्लेख्य सुधार देखिने वर्ष as बनाउनुका साथै प्राधिकरणले सेवा प्रदायकलाई प्रमुख शहरी क्षेत्रबाट फाइभजी सुरु गर्न चरणबद्ध कार्ययोजना पेस गर्न निर्देशन दिइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)