‘म मदनकृष्ण’ मा ‘हरिवंश’ को श्रीमती बन्दै वर्षा
ratopati.com · Tue Aug 11 08:57:36 GMT 2026

काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत भित्रिएकी छन् । निर्माण टिमका अनुसार उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिनेछिन् । फिल्ममा हरिवंशको भूमिकामा अरुण क्षेत्री छानिएका छन् । वर्षा र अरुणले पहिलो पटक एकसाथ अभिनय गर्न लागेका हुन् ।
मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन सङ्घर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । उनले गत वर्ष राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक फिल्म ‘अञ्जिला’ निर्माण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)