बैंक स्टेटमेन्ट र सरकारी प्रणालीबाट जलेका स्रेस्ता पुनः कायम गर्न सकिन्छ: महालेखा परीक्षक राया
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। महालेखा परीक्षक तोयम रायाले जेन–जी आन्दोलनका क्रममा नष्ट भएका सरकारी स्रेस्ताहरूको अभिलेख बैंक स्टेटमेन्ट र विद्युतीय प्रणालीका आधारमा पुनः कायम गर्न सकिने बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले स्रेस्ता नष्ट हुँदा रोकिएको करिब १ खर्ब ४७ अर्ब ८९ करोड ६९ लाख ९० हजार रुपैयाँ बराबरको लेखापरीक्षण प्रक्रियालाई विभिन्न वैकल्पिक माध्यमबाट अघि बढाउन सकिने स्पष्ट पारेका हुन्।
महालेखा परीक्षक रायाका अनुसार उक्त रकमलाई एकमुष्ट रूपमा ‘मिनाहा’ गर्नु उपयुक्त हुँदैन, किनकि यसमा विनियोजन खर्च, धरौटी, पेस्की, जिन्सी र विभिन्न खातामा रहेका रकमहरू फरक–फरक प्रकृतिका हुन्छन्। खर्च भइसकेका रकमको हकमा मूल कागजात जले पनि बैंक स्टेटमेन्टबाट भुक्तानी भएको विवरण झिकेर प्रमाणित गर्न सकिने उनको भनाइ छ। त्यस्तै, धरौटी र पेस्कीका सम्बन्धमा बैंक तथा वित्तीय अभिलेख प्रयोग गर्ने वा नखुलेका खण्डमा सार्वजनिक सूचना जारी गरेर दाबी तथा प्रमाण पेस गर्न आह्वान गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)