ताकाइचीमाथिको टिप्पणीपछि अल्बानिजलाई आपत
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज जापानी प्रधानमन्त्री साने ताकाइचीबाट प्राप्त उपहारबारे पोडकास्टमा गरिएको विवादास्पद टिप्पणीलाई लिएर राजनीतिक विवादमा फसेका छन्। विपक्षी दलहरूले उक्त टिप्पणीलाई अपमानजनक ठहर गर्दै माफीको माग गरे पनि प्रधानमन्त्री अल्बानिजले भने आफूमाथि लागेका सबै आरोपहरू स्पष्ट रूपमा अस्वीकार गरेका छन्।
गत महिना ‘बुश डिप’ पोडकास्टकी प्रस्तोता निक्की ओसबोर्नसँगको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री अल्बानिजले जापानी प्रधानमन्त्री ताकाइचीले अस्ट्रेलिया भ्रमणका बेला दिएको महँगो प्रिमियम खरबुजाको उपहारबारे चर्चा गरेका थिए। सोही क्रममा प्रस्तोताले गरेको टिप्पणी र प्रधानमन्त्रीको जवाफको भिडियो अंश सार्वजनिक भएपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध र शिष्टाचारको विषयलाई लिएर संसद्मा समेत चर्को बहस सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)