मुक्तिनाथद्वारा नाइमा एक्स्पोलाई लक्षित गरी ५.५७ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक
corporatenepal.com · Tue Aug 11 09:15:45 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले यस योजनाअन्तर्गत बेस रेट +० प्रतिशतको विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो ।
यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । नाइमा एक्स्पो २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)