एनएमबी बैङ्कद्वारा नाइमा अटो एक्स्पोमा ईभी अटो लोन विशेष योजना, बेस रेट + ०.५% मा
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। एनएमबी बैङ्क लिमिटेडले नाइमा अटो एक्स्पो २०२६ को अवसर पारेर इलेक्ट्रिक भेइकल (ईभी) खरिदका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत नयाँ इलेक्ट्रिक भेइकल खरिद गर्दा बेस रेट + ०.५% बाट सुरु हुने आकर्षक ब्याजदरमा ऋण उपलब्ध गराइनेछ।
पर्यावरणमैत्री यातायात र दिगो बैङ्किङलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यो सीमित अवधिको योजना विभिन्न खण्डका नयाँ इलेक्ट्रिक भेइकलहरूमा लागू हुनेछ। छिटो प्रक्रिया र अधिकतम ग्राहक सुविधाका लागि डिजाइन गरिएको यस अफरअन्तर्गत नाइमा अटो एक्स्पोका आगन्तुक तथा सम्भावित खरिदकर्ताहरूले एक्स्पोमै रहेको एनएमबी बैङ्कको स्टल नं. ओ५ वा देशभरका जुनसुकै शाखाबाट सहजै आवेदन दिन सक्नेछन् ।एनएमबी बैङ्कले हरित नवप्रवर्तनमा अग्रणी भूमिका निर्वाह गर्दै देशभर १९८ शाखा, १७६ एटिएम र ९ वटा विस्तारित काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)