सामाजिक सञ्जालमा बदनाम गर्ने छुट छैन, प्रतिष्ठामा आँच पुर्याए कानुनी कारबाही
ictsamachar.com

काठमाडौं । सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेमा कानूनी सजाय हुनेबारे सरकारले प्रस्ट पारेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियानअन्तर्गत मानहानि तथा गाली बेइज्जती सम्बन्धी कानूनी प्रावधानबारे मङ्गलबार सर्वसाधारणका लागि सचेतना सन्देश जारी गरेको छ ।
मन्त्रालयका अनुसार कसैलाई होच्याउने नियतले बोली वा वचनबाट अपमानजनक शब्द प्रयोग गर्नुलाई ‘गाली’ मानिनेछ । त्यसैगरी कसैको इज्जत, चरित्र, आचरण वा ख्यातिमा आँच पुग्ने गरी आरोप लगाउनु वा त्यस्ता कुराको प्रचारप्रसार गर्नुलाई ‘बेइज्जती’ को श्रेणीमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)