सांसद मन्डलको प्रश्न : मल पर्याप्त छ भने कहाँ छ ?
arthadabali.com · Tue Aug 11 10:27:08 GMT 2026

काठमाडौं / नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ मागेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मन्डलले कृषि मन्त्रीले मल पर्याप्त रहेको दाबी गरे पनि किसानले मल नपाएको बताए ।
‘किसानलाई मलको अभाव छ तर हाम्रो कृषि मन्त्री भन्नु हुन्छ मल पर्याप्त छ तर मल कहाँ छ, उनले भने, ‘म जिल्लामा र विभिन्न पालिकाहरुमा जाँदा एउटा पालिकालाई ५० बोरा डिएपी र ५० बोरा युरीया मात्र उपलब्ध गराइन्छ । त्यसबाट किसानको हातमा १० केजी मल मात्र उपलब्ध गराइन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)