४ महिनापछि तोडियो प्रधानमन्त्रीले 'प्रोटोकल' : खुलेको हो उच्चस्तरीय भ्रमणको बाटो ?
ratopati.com · Tue Aug 11 10:45:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार एकै दिन नेपालका लागि भारत तथा चीनका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उक्त भेटघाटपछि अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएका केही अन्योलहरू हट्ने विश्वास गरिएको छ ।
प्रधानमन्त्री बालेनले अब अन्य कूटनीतिज्ञहरूसँग पनि भेटघाट गर्ने बताइएको छ । भारत र चीनका राजदूतलाई भेटिसकेपछि अब अमेरिकी राजदूतसँग भेट्ने तयारी छ । नेपालस्थित अमेरिकी दूतावास विगत आठ महिनादेखि राजदूतविहीन छ र कार्यवाहकको भरमा चलिरहेको छ । त्यसैले कार्यवाहक राजदूतलाई भेट्ने कि नयाँ राजदूतलाई पर्खिने भन्ने विषय छलफलकै क्रममा रहेको स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)