काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
ajakoartha.com · Tue Aug 11 10:59:00 GMT 2026

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वय तथा लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकको आयोजनामा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि ‘वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम’ सम्पन्न भएको छ।
बिहीबार आयोजित उक्त कार्यक्रममा ट्राफिक प्रहरीहरूलाई पुँजी बजार, डिजिटल बैंकिङ्ग सुरक्षा र यस क्षेत्रका चुनौतीहरूका बारेमा विस्तृत जानकारी गराइएको थियो। अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीहरूको दीर्घकालीन आर्थिक सुरक्षालाई मध्यनजर गर्दै धितोपत्र बजारका विभिन्न पक्ष, लगानी गर्ने सही तरिका, यसका फाइदा तथा जोखिमहरूका बारेमा विज्ञहरूले प्रशिक्षण दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)