सुनसरी घटनामा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
kendrabindu.com · Tue Aug 11 11:29:03 GMT 2026

काठमाडौं। सरकारले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)