सवारी लाइसेन्स प्रणालीमा नयाँ व्यवस्था : फारम भर्न राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य
ratopati.com · Tue Aug 11 11:34:42 GMT 2026

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायत यातायात सम्बन्धी सेवालाई थप व्यवस्थित गर्न नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ । २०८३ साउन १ गते देखि लागु भएको नयाँ प्रणालीमा लाइसेन्सको नयाँ फारम भर्न र विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र, आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ ।
यसैबिच, सर्भर अपग्रेड र नयाँ प्रणाली लागु गर्ने सन्दर्भमा सिस्टम डाउन भएर देशभरका यातायात कार्यालयमा साउन १ गतेदेखि करिब ३ साता यातायात सम्बन्धी सबै सेवा रोकिएका थिए । अहिले सेवा सञ्चालनमा आइसकेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)