कप्तानमा रोहित पौडेल कति सफल ?
kendrabindu.com · Tue Aug 11 11:40:31 GMT 2026
काठमाडौं। सन् २०२२ मा नेपाली क्रिकेट टोलीको नेतृत्व सम्हाल्दा रोहितकुमार पौडेलसामु चुनौतीको पहाड थियो। टोली निकै खराब लयबाट गुज्रिरहेको थियो। आईसीसी विश्वकप लिग–२ मा नेपालको अवस्था पनि सहज थिएन। यही कठिन परिस्थितिबीच रोहितले राष्ट्रिय टोलीको कप्तानी सम्हाले।
त्यसपछि नेपाली क्रिकेटले विस्तारै नयाँ गति लियो। रोहितको नेतृत्वमा नेपालले लिग–२ मा उत्कृष्ट पुनरागमन गर्दै विश्वकपको यात्रा तय गर्यो। त्यसपछि एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा सहभागिता, लगातार दुई टी–२० विश्वकपमा छनोट र टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक टी–२० आई शृंखला जितसम्म नेपालले महत्वपूर्ण सफलता हात पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)