तब्बुको फोटो र आज आएको अदालतको आदेशलाई लिएर अदालतले दियो यस्तो आदेश
kalakarmi.com · Tue Aug 11 11:53:23 GMT 2026

मुम्बई- बलिउडकी चर्चित अभिनेत्री तब्बू (तबस्सुम जमाल हाशमी) को नाम, तस्वीर, आवाज तथा व्यक्तित्वको अनधिकृत प्रयोगमा दिल्ली उच्च अदालत ले अन्तरिम रोक लगाएको छ । अदालतको आदेश सामान्य इन्टरनेट सामग्रीमा मात्र सीमित नभई आर्टिफिसियल इन्टेलिजेन्स (AI), जेनेरेटिभ AI, डीपफेक, फेस मोर्फिङ र GIF जस्ता प्रविधिबाट गरिने दुरुपयोगमा समेत लागू हुनेछ ।
अदालतले Google, Meta, X (पूर्व ट्विटर) र Reddit लगायतका डिजिटल प्लेटफर्मलाई तब्बूसँग सम्बन्धित १५० भन्दा बढी URL हटाउन वा ती सामग्रीमा पहुँच रोक्न आदेश दिएको छ । यो मुद्दा तब्बूले आफ्नो नाम, छवि र व्यक्तित्वको अनुमति बिना व्यावसायिक लाभका लागि प्रयोग भइरहेको भन्दै अदालत पुगेपछि प्रारम्भ भएको हो । न्यायाधीश ज्योति सिंहको एकल इजलासले ‘जोन डो’ (अज्ञात व्यक्ति) सहित सम्बन्धित पक्षलाई तब्बूको व्यक्तित्व अधिकार (Personality Rights) उल्लंघन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)