सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमनको शिष्टाचार भेटवार्ता
nagariknews.nagariknetwork.com · Tue Aug 11 11:59:34 GMT 2026

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका महामहिम राजदूत साइमन अन्स्ट्रले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
भेटवार्तामा सभामुख अर्यालले संघीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत संलग्नता बढाउनुपर्नेमा जोड दिए। उनले साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिका लागि संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)