रौतहटको लालबकैया नदीमा डुबेर तीन बालबालिका बेपत्ता
annapurnapost.com · Tue Aug 11 11:58:07 GMT 2026

सिमराः रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर तीन जना बालबालिका बेपत्ता भएका छन्। मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउन गएका बालबालिका पानीमा डुबेर बेपत्ता भएका हुन्।
बेपत्ता हनेमा देवाही गोनाही नगरपालिका–२ का शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्ला, शेख खुरसेदका १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरका १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)