फिलिपिन्समा भारी वर्षाका कारण १९ जनाको मृत्यु
barnanmedia.com · Tue Aug 11 12:08:33 GMT 2026

उष्णकटिबन्धीय चक्रवात लुइस र मेमेका साथै दक्षिणपश्चिम क्षेत्रमा मनसुनले निम्त्याएको भारी वर्षाका कारण १९ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको फिलिपिन्स सरकारले मङ्गलबार जनाएको छ । सरकारका अनुसार चार जना अझै बेपत्ता रहेका छन् ।
फिलिपिन्स राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडिआरआरएमसी) ले मङ्गलबार आएको भारी वर्षाका कारण पहिरो जाँदा विभिन्न स्थानमा हताहत भएको भएको बताएको छ । एनडिआरआरएमसीका अनुसार बेङ्गुएट प्रान्तमा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको छ भने रिजालमा चार र बटाङ्गासमा तीन जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)