लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
canadanepal.com · Tue Aug 11 12:50:40 GMT 2026

रौतहट- रौतहटको देवाही गोनाहीस्थित लाल बकैया नदीमा नुहाउने क्रममा मङ्गलबार दिउँसो तीनजना बालबालिका डुबेर बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा देवाही गोनाहीका १० वर्षीय मोहम्मद रमतुल्लाह, १० वर्षीया रौशन खातुन र १० वर्षीया सोनम खातुन रहेका छन्। साथीहरूसँग नदीमा नुहाउन गएका उनीहरू अचानक गहिरो भागमा पुगेर डुबेको स्थानीयले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)