वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त
kendrabindu.com · Tue Aug 11 13:14:47 GMT 2026
काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी निर्मलकुमार उप्रेतीलाई दिने निर्णय गरेको छ। मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले बाराका उप्रेतीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकले नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्न पोर्चुगल सरकारलाई स्वीकृति दिने निर्णयसमेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)