ब्रड पिकमा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो (तस्वीरहरू)
onlinekhabar.com · Tue Aug 11 13:04:03 GMT 2026

२६ साउन, काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइपुर्याइएको छ। गत साउन १४ गते गएको हिमपहिरोमा परी ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव हवाई विमानमार्फत आज काठमाडौं ल्याइपुर्याइएको हो।
दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर गुरुङ ‘युक्त’को शव भने साउन २१ गते नै नेपाल ल्याइएको थियो। उनको अन्त्यष्टिसमेत भइसमेको छ। सोही हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जाको शव भने बेलायत लगियो। उनको परिवार बेलायतमै रहेकाले शव पनि बेलायत नै लगिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)