प्रधानमन्त्री–राजदूत भेटबारे ठुलो महत्त्वका साथ भइरहेको चर्चा-परिचर्चा निरर्थक : पूर्वपरराष्ट्रमन्त्री थापा
ratopati.com · Tue Aug 11 13:24:07 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री बालेन्द्र शाहले दुई छिमेकी मुलुकका राजदूतहरूसँग गरेको अलग–अलग शिष्टाचार भेटलाई लिएर भइरहेको चर्चा–परिचर्चा निरर्थक भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्री नियुक्त भएपछि राजदूतहरूसँग सामूहिक भेटघाट गर्नु र पछि अनुकूल समयमा अलग–अलग भेट गर्नु दुवै स्वाभाविक प्रक्रिया भएको उल्लेख गरेका छन्। उनले यस्ता भेटलाई ठुलो विषय बनाएर व्याख्या र विश्लेषण गर्नु आवश्यक नरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)