कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ४० सदस्यले धारणा राखे, बैठक बुधबार पुनः बस्ने
ratopati.com · Tue Aug 11 13:38:52 GMT 2026

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार ४० जना केन्द्रीय सदस्यले धारणा व्यक्त गरेका छन्। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी बैठकमा छलफल अझै नसकिएपछि बैठक बुधबार पुनः बस्ने भएको छ।
बैठक बुधबार बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने नेपाली कांग्रेसले जनाएको छ। आजको बैठकमा केन्द्रीय सदस्यहरू सुरेन्द्रप्रसाद चौधरी, दिलेन्द्रप्रसाद बडू, अब्दुल सत्तार, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, जानकी सिंह, सुधीरकुमार शिवाकोटी, नरेन्द्रकुमार केरूङ, सुवासकुमार पोखरेल, कमलप्रसाद भुसाल, वसन्त भट्टराई, भरतबहादुर खड्का, प्रकाश पन्थ, कुशुमदेवी थापा मगर, देवप्रसाद तिमिल्सिना, सीता मिजार, मनकुमारी गुरुङ, सुरेशकुमार योङ्गा (सुब्बा), जगतप्रसाद जोशी, तिलक रानाभाट, धर्मराज गौतम, टेकराज पौडेल, गीता सत्याल, शारदादेवी कोइराला, चिनी पोखरेल (चिनु), नारायणप्रसाद भट्टराई, हिमबहादुर रावल, गंगा सुनार, मुना भुसाल, इन्दीरा कार्की, विनिता खड्का, विजयबहादुर स्वाँर, जगदीशचन्द्र उपाध्याय, निलम शाह, राधेश्याम पाठक, सुनिलकुमार यादव, सनम वेगम, जनार्दन ढकाल र ममता शर्माले धारणा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)