हायर पर्चेज कम्पनीका संस्थापकको ‘फिट एन्ड प्रपर टेस्ट’ अनिवार्य, लाइसेन्सको अवधि १० वर्ष
onlinekhabar.com · Tue Aug 11 13:57:03 GMT 2026

२६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीका संस्थापक तथा सञ्चालकको पनि ‘फिट एन्ड प्रपर टेस्ट’ अर्थात् उपयुक्तता र योग्यता परीक्षण सुरु गरेको छ । बैंक तथा वित्तीय संस्थाका संस्थापकका लागि गर्दै आएको परीक्षण चालु आर्थिक वर्ष देखि हायर पर्चेज कम्पनीको हकमा पनि लागु भएको हो ।
बैंकले यसभन्दा अघि बैंक तथा वित्तीय संस्थाका संस्थापक/सञ्चालकका लागि ‘फिट एन्ड प्रपर टेस्ट’ अनिवार्य गरेको थियो । चालु आवदेखि हायर पर्चेज कम्पनीका संस्थापक तथा सञ्चालकको फिट एन्ड प्रपर टेस्ट नगरेसम्म अनुमतिपत्र नवीकरण नहुने केन्द्रीय बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)