मन्त्री रावल र मुख्यमन्त्री यादवबीच छलफल
nepalnews.com · Tue Jun 30 08:32:09 GMT 2026

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ-प्रदेश-स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
भेटमा स्थानीय तहमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य चुनौतीका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। भेटमा मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे जानकार रहेको उल्लेख गर्दै समस्या समाधानमा प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)