सरकार सकारात्मक दिशातर्फ अघि बढेको छ : बुर्लाकोटी
nepalnews.com · Tue Aug 11 14:11:29 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले चार महिनाको अवधिमा सरकार सकारात्मक दिशातर्फ अघि बढेको दाबी गरेका छन्।
संसद् भवन सिंहदरबारमा मंगलबार सञ्चारकर्मीसँग उनले बर्खाको चार महिनाको अवधिमा सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालनका लागि वातावरण बनाउने र बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने प्रयास गरिरहेको भन्दै सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताएका हुन्। १०० दिनभित्र सरकारले सुरु गरेको कामहरू कार्यान्वयनतर्फ अघि बढेको पनि उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)