सरकारले एनसेलको शेयर कारोबार छानबिन प्रतिवेदन सार्वजनिक गर्ने, सम्झौता यथास्थितिमा स्वीकार नगर्न सुझाव
arthadabali.com · Tue Aug 11 14:14:00 GMT 2026

काठमाडौँ / सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने र प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ।
पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा एनसेलको स्थापनादेखिको शेयर तथा स्वामित्व कारोबार, अफसोर संरचनामार्फत भएका कारोबार, लाभांश प्रवाह, कर तथा गैरकर दायित्व, विदेशी लगानी, नियामकीय अनुपालन, पछिल्लो शेयर बिक्रीको मूल्य तथा सम्भावित क्रसहोल्डिङसम्मका विषयमा विस्तृत अध्ययन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)