अस्पतालमा एन्टिस्नेक भेनमको हाहाकार, सर्पले डसेका बिरामी भारततिर
onlinekhabar.com · Tue Aug 11 14:11:40 GMT 2026

२७ साउन, काठमाडौं । सर्पले डसेपछि जीवन बचाउन प्रयोग हुने एन्टिस्नेक भेनम (सर्पको विषविरुद्धको औषधि) देशभर अभाव भएको छ । सर्पदंशका बिरामीको उपचारको प्रमुख केन्द्रका रूपमा रहेको नारायणी अस्पतालमा यतिबेला एन्टिस्नेक भेनमको हाहाकार छ । औषधि अभाव भएपछि अस्पतालले सर्पदंशका बिरामीलाई उपचारका लागि अन्यत्र जानू भन्दै सूचना जारी गरेको छ ।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार बारा, पर्सा, रौतहट र सर्लाहीसहितका जिल्लाबाट सर्पले टोकेका बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । वर्षायाममा सर्पको बिगबिगी हुने गर्छ । असारदेखि भदौसम्म दैनिक औसत ८ जना सर्पले टोकेका बिरामी अस्पताल आउने गरेको र तीमध्ये करिब २ जनालाई एन्टिस्नेक भेनम आवश्यक पर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)