इप्पानद्वारा विद्युत विकास विभाग समक्ष १३ बुँदे माग
clickmandu.com · Tue Aug 11 14:18:37 GMT 2026

काठमाडौं । विद्युत विकास विभागका नव नियुक्त महानिर्देशक सागर राज गौतमले विद्युत क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर विभागका नीतिगत तथा कार्यान्वयनका काम अघि बढाउने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को टोलीले महानिर्देशक गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन विभागमा पुगेको अवसरमा उनले विभागबाट निर्माण हुने नीति तथा कार्यान्वयनका विषयमा निजी क्षेत्रसँग आवश्यक छलफल र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)