कांग्रेस नीति प्रतिष्ठानको बैठक आह्वान
ratopati.com · Tue Aug 11 14:51:54 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठक बिहीबार बिहान साढे ८ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा बैठक बस्न लागेको हो।
पार्टीका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचना अनुसार बैठकमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ। सूचनामा बैठक तोकिएको ठिक समयमै प्रारम्भ हुने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)