के अदालती ‘सेटिङ’ मा गगन थापाबाट कांग्रेसको आधिकारिकता खोस्ने ‘षड्यन्त्र’ भइरहेको छ ?
nepalviews.com · Tue Aug 11 14:50:57 GMT 2026

साउन २१ गते सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिनु केही दिनुअघि नै ‘सेटिङ’ को गाइँगुइँ चलेको थियो । सर्वोच्च अदालतको पुनरावलोकन निस्सा दिने निर्णयले त्यसलाई पुष्टि गर्यो । शेरबहादुर देउवा र पूर्णबहादुर खड्का बिना ‘हरियो झण्डा’ त्यतिकै निवेदन दिन गएका होइनन्, यसका पछाडि केही न केही चलखेल अवश्य छ भन्ने आशंकालाई थप बल पुग्यो ।
देउवा र खड्काको निवेदनमाथि पुनरावलोकन अनुमति दिने तीन सदस्यीय इजलासमा प्रधानन्यायाधीश मनोजकुमार शर्मा आफैँ थिए । प्रधानन्यायाधीश शर्मासहित नित्यानन्द पाण्डे र श्रीकान्त पौडलको तीन सदस्यीय इजलासले पुनरावलोकन अनुमति दिएको हो । अब यो मुद्दा फेरि सुरुदेखि नै सुनवाइ हुनेछ । कांग्रेसको आधिकारिता शेरबहादुर देउवामा पुगे, राष्ट्रिय राजनीतिको कोर्स फरक हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)