एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापिए
ratopati.com · Tue Aug 11 15:06:39 GMT 2026

काठमाडौँ। राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गरेको छ। विभागले सोमबार एकै दिन ५ हजार ८७८ वटा विद्युतीय राहदानी छाप्न सफल भएको जनाएको छ।
विद्युतीय राहदानीको बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागले पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी राहदानी उत्पादन गर्न थालेको हो। यसअघि विभागको उत्पादन क्षमता दैनिक करिब १ हजार ५०० राहदानी रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)