आफूखुशी स्थानीय तहको उम्मेदवारी घोषणा गरेर प्रचार नगर्न रास्वपाको निर्देशन
barnanmedia.com · Tue Aug 11 15:13:52 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले पार्टीको आधिकारिक निर्णय र उम्मेदवारी घोषणा नभएसम्म आफूखुशी स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार नगर्न पार्टीका नेता, सदस्य, समर्थक तथा शुभेच्छुकलाई निर्देशन दिएको छ ।
रास्वपा जिल्ला समिति डोटीले मंगलबार जारी गरेको अत्यन्त जरुरी परिपत्र तथा निर्देशनमार्फत केही व्यक्ति तथा समूहले आफूलाई पार्टीको तर्फबाट स्थानीय तहका विभिन्न पदको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रचार गरिरहेको भन्दै त्यस्ता सबै सामग्री तत्काल हटाउन वा हटाउन लगाउन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)