भाषाविद् विमलको राजकीय सम्मान साथ अन्त्येष्टि
nepalnews.com · Tue Aug 11 15:32:13 GMT 2026

जनकपुर। साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् राजेन्द्रप्रसाद विमलको आज जनकपुरस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
विमलको पार्थिव शरीरमा उनका जेठा पुत्र आभाषलाभ कर्णले दागवती दिए। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित विमलको गएराति १२:४५ बजे जनकपुरस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)