एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने
reportersnepal.com · Tue Aug 11 15:57:33 GMT 2026
काठमाडौं, साउन २६ । एनसेलले ‘एनसेल बिजनेस क्लाउड–सुइट’ सेवा सुरू गरेको छ। यो स्थानीय रूपमा समर्थित प्लेटफर्म हो, जसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउँछ। यो सेवा नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था र विभिन्न संगठनहरूका लागि लक्षित रहेको एनसेलले जनाएको छ।
कम्पनीका अनुसार नेपाली व्यवसायहरू डिजिटल माध्यममा रूपान्तरण हुँदै जाँदा देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने भरपर्दो वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको छ। एनसेल बिजनेस क्लाउड–सुइटको उपभोग गर्दै ग्राहकहरूले एकीकृत प्लेटफर्ममार्फत डोमेन दर्ता गर्न, वेबसाइट होस्ट गर्न र आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)