‘शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीको बोली व्यवहार सुधार्छौं’
nepalnews.com · Tue Aug 11 16:24:59 GMT 2026

काठमाडौँ। कोसी प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शेखर खनालले जनतामा प्रहरीप्रतिको जनविश्वास बढाउनुपर्ने धारणा राखेका छन्। उनले शान्ति सुरक्षाको अनुभूति दिलाउन प्रहरीको बोली व्यवहार र सेवाप्रवाहलाई सुधार्दै लैजाने बताए।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा मंगलबार आयोजित पत्रकार अन्तर्क्रियामा उनले ट्राफिक दुर्घटना न्यूनीकरण, सामाजिक सञ्जाल तथा साइबर अपराध नियन्त्रण, खुला सीमाबाट हुने तस्करी नियन्त्रण आफ्नो प्राथमिकता रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)