चीनद्वारा पाँच वटा उपग्रहसहित ’लिजियान–१ वाई १३’ रकेटको सफल प्रक्षेपण
makalukhabar.com · Sat May 16 04:17:42 GMT 2026

काठमाडौं । चीनले शुक्रवार ‘लिजियान–१ वाई १३’ क्यारियर रकेटमार्फत पाँच वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । उत्तर–पश्चिम चीनको डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट बेइजिङ समयअनुसार दिउँसो १२ः३३ बजे उक्त रकेट प्रक्षेपण गरिएको थियो ।
रकेटले बोकेका पाँच वटै उपग्रहहरूलाई सफलतापूर्वक तिनको निर्धारित कक्षमा स्थापित गरेको छ । यो लिजियान–१ क्यारियर रकेटको १३ औँ उडान र समग्र लिजियान श्रृंखलाको १४ औँ प्रक्षेपण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)