भेनेजुएलाको तेलले आफ्नो रणनीतिक पेट्रोलियम भण्डार भर्दैछ अमेरिका
barnanmedia.com · Mon Aug 31 22:32:48 GMT 2026

इरान युद्धका कारण रित्तिदै गएको आफ्नो रणनीतिक पेट्रोलियम भण्डार पुनःभर्न अमेरिकाले भेनेजुएली तेल प्रयोग गर्ने भएको छ । भेनेजुएलासँग हालै भएको सम्झौताबाट प्राप्त हुने तेल यस्ता भन्डार भर्न प्रयोग गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । हालैका वर्षमा विश्वव्यापी आपूर्ति अवरोध र इन्धनको उच्च मूल्यका कारण अमेरिकाले यस्ता भन्डारबाट ठूलो मात्रामा तेल झिकेर बजारमा ल्याएको थियो ।
ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत रणनीतिक पेट्रोलियम भण्डार पुनःभर्ने प्रक्रिया छिट्टै सुरु हुने बताएका छन् । उनले भेनेजुएलाबाट आउने तेललाई अमेरिकी जनताका लागि भेनेजुएलाको उपहार भनेका छन् । तर भेनेजुएलासँग भएको सम्झौताबाट कति छिटो रणनीतिक भण्डारका लागि तेल उपलब्ध हुन्छ र यसले अमेरिकी उपभोक्तालाई तत्काल कति फाइदा पुर्याउँछ भन्ने अझै स्पष्ट छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)