अमेरिकाबाट डिपोर्ट गरिएका १४६ भेनेजुएली नागरिक ओर्लिएलगत्तै भूकम्पमा परेर बेपत्ता
baahrakhari.com · Tue Jun 30 09:18:38 GMT 2026

काठमाडौं । अमेरिकाबाट ‘डिपोर्ट’ गरेर भेनेजुएला फर्काइएका १४६ नागरिक बसेको एउटा होटेल विनाशकारी भूकम्पमा भत्किएको छ । होटेल भत्किएपछि । धेरै जना भग्नावशेषमा बेपत्ता रहेको सीएनएन ले जनाएको छ । उनीहरूका परिवारले खोजी गरिरहेका छन् ।
मानवअधिकार संस्था ह्युमन राइट्स फर्स्टको आईसीई फ्लाइट मोनिटर तथा भेनेजुएली अधिकारीहरूका अनुसार, १९ महिला र सात बालबालिकासहित १४६ जनालाई डिपोर्ट गरिएको थियो । मियामीबाट भेनेजुएली नागरिक बोकेको डिपोर्टेसन उडान बुधबार बिहान स्थानीय समयअनुसार १०ः२२ बजे सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)