कांग्रेस परित्याग गरी ५२ महिला एमालेमा प्रवेश
gorkhapatraonline.com · Sat Feb 14 17:52:48 GMT 2026

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको समय नजिकिँदै गर्दा उम्मेदवारहरुको घरदैलो कार्यक्रम अझ नियमित हुन थालेको छ । सुनसरी निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का उम्मेदवार भगबती चौधरीले आफ्नो सक्रियता बढाउनुभएको छ ।
निवर्तमान सांसद समेत रहनुभएकी चौधरीको पक्षमा जनलहर बढेसँगै उहाँ यतिबेला आफ्नो निर्वाचन क्षेत्रका जनताविच सल्लाह सुझाबहरु संकलनमा ब्यस्त रहनुभएको छ । शनिबार चौधरीको सक्रियतामा दुहवी नगरपालिका वडा ९ मा ५२ जना महिलाले एकसाथ नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)