‘मिस/डिस इन्फर्मेसन’ र ‘हेट स्पिच’ सुरक्षाका नयाँ चुनौती : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल
bishowkhabar.com · Wed Aug 12 00:43:21 GMT 2026

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) नारायण दत्त पौडेलले कार्यक्षेत्रमा खटिने कमाण्डरहरूलाई सामाजिक सञ्जालको दुरूपयोगबाट सिर्जित ‘मिस–इन्फर्मेसन’ (भ्रामक सूचना), ‘डिस–इन्फर्मेसन’ (गलत सूचना) र ‘हेट स्पिच’ (घृणास्पद अभिव्यक्ति) का जोखिमप्रति विशेष सतर्क रहन निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा समादेशक, गणपति तथा गुल्मपतिहरूकका लागि आयोजित ‘कमाण्ड अनुशिक्षण तालिम’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै आईजी पौडेलले राष्ट्र र सङ्गठनको प्रतिष्ठाभन्दा माथि कोही नहुने स्पष्ट पार्दै यस्तो निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)