राष्ट्रियसभाको बैठक बस्दै
reportersnepal.com · Wed Aug 12 01:15:51 GMT 2026

काठमाडौं, साउन २७ । राष्ट्रियसभाको बैठक आज बस्दैछ। अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची छ।
बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)